महिलालाई अधिकार दिलाउन मंगलादेवी सिंहको भुमिका महत्वपूर्णः प्रकाशमान सिंह


१० भाद्र २०८२, मंगलवार १२:३२ मा प्रकाशित


काठमाडौं । उप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनकी प्रथम महिला नेतृ मंगलादेवी सिंहले नेपालमा महिलालाई मतााधिकार दिलाउन र शिक्षामा महिलाको पहुँच विस्तार गर्न महत्वपूर्ण भुमिका खेल्नुभएको बताउनुभएको छ ।


मंगलादेवी सिंहको २९ औँ स्मृति दिवसमा मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मंगलादेवी सिंहले उहाँको जीवनकालमा प्रजातान्त्रिक मूल्य र मान्यता प्राप्त गर्न, लोकतान्त्रिक पद्धतिलाई अगाडी बढाउने कार्यमा गर्नुभएको योगदानलाई स्मरण गरिएको छ । 

उपप्रधानमन्त्ती सिंहले शोभा भगवती र बबरमहलमा रहेको मंगलादेवी ज्येष्ठ नागरिक स्मृति पार्कमा पुगेर सिंहको प्रतिमामा माल्यार्पण गर्नुभयो । प्रतिमामा माल्यार्पण गर्दै उपप्रधानमन्त्री सिंहले महिला अधिकारको लागि मंगलादेवी सिंहले महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको बताउनु भयो ।

महिला अधिकारको लागि आवाज उठाउन मंगलादेवी सिंहले २००४ सालमा महिलाहरुलाई संगठित गर्नको लागि नेपाल महिला संघको स्थापना गर्नुभएको थियो ।

महिला संघले स्थापनाकालदेखि नै महिलाहरुलाई पनि पुरुष सरह अधिकार दिनुपर्ने काम राख्दै आएको उपप्रधानमन्त्री सिंहले बताउनु भयो । मंगलादेवी सिंह नेतृत्वको महिला आन्दोलनले महिलाहरुले पढ्न पाउने, मताधिकारको अधिकार पाउने अवस्थाको निर्माण भएको उपप्रधानमन्त्री सिंहले स्मरण गर्नुभयो । 


मंगलादेवी सिंहले महिलाहरुलाई पैतृक सम्पतीमा पुरुषसरह हक हुनुपर्ने, राज्यका नीति निर्माण गर्ने तहमा महिलाहरुको उचित स्थान हुनुपर्ने, आमाको नाममा नाकरिकता लिन पाउनुपर्ने लगायतका आवाज उठाउनुभएको थियो । मंगलादेवी सिंहको योगदानको बारेमा आगामी पुस्तालाई जानकारी गराउन आवश्यक रहेको उपप्रधानमन्त्री सिहंको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here