समाजसेवी लामाद्धारा अनाथ आश्रमका लागि खाद्यान्न सहयोग


८ भाद्र २०८२, आईतवार २०:३७ मा प्रकाशित

झापा । युवा  समाजसेवी निमा लामाले अनाथ आश्रमका लागि खाद्यान्न सहयोग गरेका छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर आज आइतबार अर्जुनधारा ६ मा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा दाल ,चामल खाने तेल, साबुन ,भुजिया , आंटा लगायतका खाद्यान्न सहयोग गरेका हुन् । 

मेचीनगर ६ निवासी लामाकी आमा हर्कमायाको प्रेरणाले  सामाजिक उत्तरदायित्व बहन गर्दै थोरै भएपनि सहयोग  गरिएको उनले बताए ।  उनले प्रत्येक वर्ष आफ्नो जन्मदिन सहित विभिन्न अवसर पारेर यसरी विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आइरहेका छन् । 

उनकी  आमा हर्क माया लामाको बिर्तामोड र धुलाबारीमा द अफ्सो लुट प्रोफेशनल स्पा एण्ड सलोन सञ्चालनमा छ । शिक्षाविद, खेलप्रेमी समेत रहेका लामाले यसअघि पनि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गरेको भन्दै प्रशंसा समेत गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here