मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशनः ‘निर्धारित ढंगबाट काम शुरु गर्नूस्, चल्दै जान्छ भनेर अब हुँदैन’


३१ श्रावण २०८२, शुक्रबार १०:११ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित ढंगले काम शुरु गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।


काम गर्दै जाऔँ, चल्ते चलाते जति हुन्छ भन्ने हिसावले काम गर्दा कतै नपुगिने उहाँको भनाइ छ । मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गर्दै प्रधानमन्त्री ओलीले युगान्तकारी कामहरु कसरी छिटो सम्पन्न गर्ने भन्ने हिसावले योजनावद्ध रुपमा अघि बढ्न मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।

उहाँले मिथेन ग्याँस उत्खनन गरी परीक्षण उत्पादन आगामी डिसेम्बरभित्र सम्पन्न गर्नेगरी काम थाल्न निर्देशन दिनुभयो । कुन उत्खनन कम्पनीसँग काम गर्दा छिटो हुन्छ, त्यसैअनुसार ठेक्का गरेर अघि बढ्न निर्देशन दिनुभयो । त्यसका लागि काठमाडौंमा कहाँ कहाँ ट्याङ्की राख्ने भन्ने बारेमा योजना बनाएर अघि बढ्न बताउनु भयो । 


प्रधानमन्त्री ओलीले चल्नसक्ने उद्योगहरु सञ्चालन गर्न र फलाम खानीहरु पनि छिटो सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here