प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता


३० श्रावण २०८२, बिहीबार १७:४३ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गर्नुभएको छ ।


बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गर्नुभएको हो । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु र मुख्यसचिवबीच आज कार्यसम्पादन सम्झौता भएको छ ।

मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै अगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरुले सम्बन्धित सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here