पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवाहरु जागरुक हुन थालेका छन्ः अध्यक्ष दाहाल


३१ श्रावण २०८२, शुक्रबार १०:१३ मा प्रकाशित


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवाहरु जागरुक हुन थालेको बताउनुभएको छ ।


भक्तपुरमा शुक्रवार आयोजित चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू देशका विभिन्न स्थानहरुमा जाँदा अहिले धेरै ठाउँमा युवाहरु र नागरिक पनि आफ्नै देशमा रोजगारी सिर्जन गर्ने अभियानतर्फ लागेको पाएको बताउनु भयो ।

उहाँले उनीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताउनु भयो । विदेश जाने मनोवृत्तिलाई विस्तारै परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ । देशभित्रै सम्भावना र सम्भव रहेको पनि बताउनु भयो ।

आफ्नो देश, इतिहास, विकास, प्रक्रिया र संस्कृतिप्रति गर्व गर्ने मानसिकताको विकास आजको ठूलो चुनौति रहेको बताउनु भयो । गौरवशाली इतिहास र प्रकृतिबाट नै  आफ्नै विकासको मौलिक मोडेल आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सकिने बताउनु भयो । 


अध्यक्ष दाहालले पर्यटन विकासको निम्ति के गर्न सकिन्छ भन्नेकुरा योजना बनाएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । आफ्नो पालिकाको वस्तुस्थिति बुझेर पालिकाहरुले आफ्नो पालिकामा कुन कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने योजना बनाउन जरुरी रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here