काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सबै बेरुजुलाई भ्रष्टाचार देख्ने आँखाहरु पनि भ्रष्टाचारी भएको बताउनुभएको छ ।
बिहीवार बसेको सार्वजानिक लेखा समितिको बेरुजुसम्बन्धी छलफलमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार बेरुजु फरक कुरा भएको बताउनु भयो । उहाँले विगत कोट्याएर बस्नुभन्दा अगाडी देखिएका चुनौतिका चाङहरुलाई कसरी समाधान गर्ने भन्नेतिर ध्यान दिनुपर्ने बताउनु भयो ।
सांसद बास्कोटाले बेरुजु फस्र्यौटलाई कानुनी र व्यवहारिक रुपमा सहज बनाउनुपर्नेमा जोड दिनुभयो ।






