अहिलेको आधुनिक समाजमा बहुविवाहको कल्पना पनि गर्न सकिँदैनः सभापति साह


२२ श्रावण २०८२, बुधबार १७:५३ मा प्रकाशित


काठमाडौं ।
महिला तथा सामाजिक समिति सभापति किरणकुमार साहले अहिलेको आधुनिक समाज, सभ्यता संस्कृतिमा बहुविवाहको कल्पना पनि गर्न नसकिने बताउनुभएको छ ।


बुधवार काठमाडौंमा आयोजित वालवालिका सम्बन्धी संसोधन ऐन, २०७५ माथिको छलफल कार्यक्रममा यस्तो बताउनुभएको हो । उहाँले अहिलेको सरकारले बहुविवाह सम्बन्धी त्यस्तोे किसिमको कठोर नीति लियो भने सरकारले पनि सरकारबाट हात धुनुपर्ने स्थिति आउने बताउनु भयो ।

हाल नेपालमा ५१ प्रतिशत महिला रहेको उल्लेख गर्नुहुँदै उहाँले महिलाहरु सडकमा आएभने कानून ल्याउनेको हालत के हुन्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले बहुविवाह विरुद्धको आन्दोलनमा आफू पनि अग्रपंक्ति उभिने प्रतिवद्धता जनाउनु भयो । यस्तोे किसिमको कानून कुनै हालतमा नआउने र आउन पनि नदिने उहाँको भनाई छ ।

उहाँले बालविवाहको विरुद्धमा पनि दृढ संकल्पित रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here