पाथीभरामा केबलकार निर्माण गर्न आवश्यक छैनः एकीकृत समाजवादी सांसद तिमिल्सिना


२२ श्रावण २०८२, बुधबार १७:३३ मा प्रकाशित


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले पाथीभरामा केबलकार निर्माण गर्न दिनु नहुने बताउनुभएको छ ।


बुधवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पाथीभरामा केबलकार निर्माण गर्न सरकारले निकुञ्जको पनि प्रयोग गर्न दिएको र यस्ता कुराहरु रोक्नुपर्ने बताउनु भयो ।

उहाँले आवश्यक परेका ठाउँमा बाहेक अन्य ठाउँमा केबलकार बनाउन दिन नहुने बताउनु भयो । उहाँले पाथीभरा केबलकार पनि बनाउन आवश्यक नरहेको उहाँको भनाइ छ । 

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले आधारभुत विकासका आयोजनामा केबलकार नपर्ने बताउनु भयो । उहाँले आधारभुत विकासका आयोजनाहरुमा खानेपानी, शिक्षा, स्वास्थ्य, प्रशरण लाइन लगायत मात्रै पर्ने बताउनु भयो । 


समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here