रास्वपा सांसदलाई कांग्रेस महामन्त्री शर्माको सुझाव, ‘अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुनुहोस्’


२२ श्रावण २०८२, बुधबार १६:५२ मा प्रकाशित


काठमाडौं ।  नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन सुझाव दिनुभएको छ ।


प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो सुझाव दिनुभएको हो । उहाँले भिजिट भिसा प्रकरणको विषयलाई आवेगमा आएर नहेर्न समेत आग्रह गर्नुभयो । महामन्त्री शर्माले भिजिट भिसामा सबैभन्दा बढी गृहमन्त्री रवि लामिछानेको पालमा गएको उल्लेख गर्दै विजीकै पालमा सबैभन्दा बढी मानव तस्करी भएको भन्ने तपाईहरुको निष्कर्ष हो ?

भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले मानव तस्करीको विषयमा प्रश्न उठाउँदा रास्वपाले नै छानेको उपसभामुख इन्दिरा राना मगरको विषय समेत कोट्याउनु भयो । उहाँले भिजिट भिसाको विषयमा छानविन भइरहेको भएपनि रास्वपाका नेताहरुकै अडानका कारण उपसभामुखको फाइल पेण्डिङमा गएको आरोप लगाउनु भयो । 

गृहमन्त्रीको नैतिकतामा प्रश्न उठाने नेताहरु उपसभामुखको नैतिकतामा प्रश्न उठाउनु पर्दैन ? उहाँको प्रश्न छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here