काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलले न्याय क्षेत्रका विषयमा लेख्ने पत्रकारमा कानूनको गहिरो ज्ञान चाहिने बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा दोलखा घर भइ सर्वोच्च अदालतको न्यायाधीश बन्नुभएका (सेवानिवृत्त) बलराम केसी,न्यायाधीश हरिप्रसाद फुयाँल र मेघराज केसीको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले भन्नुभएको भन्दै नेपाल र भारतको पत्रकारिता संसारकै काम नलाग्ने रहेको बताउनु भयो ।
पत्रकारहरु स्वतन्त्र र विचार पनि स्वतन्त्र हुने भएपनि कानूनको ज्ञान आवश्यक रहेको बताउनु भयो । सञ्चारकर्मीहरुले गलत सूचना संप्रेषण गर्न नहुने उहाँको तर्क छ । न्यायलयको विश्वासलाई कानून व्यवसायी र पत्रकारले मात्र बलियो बनाउने न्यायधिश पोखरेलले बताउनु भयो । अदालतको फैसलाको व्याख्या जनमानसमा गलत रुपमा नपुगोस् भनेर सचेत रहनुपर्ने बताउनु भयो ।
दोलखा कानून व्यवसाय समाजले काठमाडौंमा सर्वोच्च अदालतको न्यायाधीश बन्नुभएका (सेवानिवृत्त) बलराम केसी,न्यायाधीश हरिप्रसाद फुयाँल र मेघराज केसीको सम्मानमा कार्यक्रम आयोजना गरेको हो ।






