सरकारले सुकुम्बासीहरुलाई आतंकित बनायोः अखिल नेपाल सुकुम्बासी संघ


१७ बैशाख २०८३, बिहीबार १७:३४ मा प्रकाशित

सरकारले आम सुकुम्बासीलाई आतंकित बनाएको भन्दै अखिल नेपाल सुकुम्बासी संघले आपत्ति जनाएको छ । 


नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध सो संघले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनम गरी सुकुम्बासीहरुलाई आतंकित बनाउने काम गरेको भन्दै सुकुम्बासी बस्ती हटाउने सरकारको कदमप्रति आक्रोश व्यक्त गरेको हो ।

खान र बस्न पाउने आम नागरिकको मौलिक हकको समेत धज्जी उडाउने गरी सरकारले सुकुम्बासी बस्ती हटाउने काम गरेकाले त्यसको विरोध गर्नुपरेको संघका अध्यक्ष अमर परियारले बताउनु भयो । उहाँले सरकारको सो कदमको विरोधमा आफूहरुले देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो । 

पत्रकार सम्मेलनमा बस्तीबाट हटाइएका सुकुम्बासीहरुलाई सरकारले होल्डिङ सेन्टरमा राखेपनि उचित व्यवस्था नहुँदा उनीहरुले पीडा भोग्नु परेको पनि बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here