चालु आ.व.बाट खेलाडी र प्रशिक्षकहरुको जीवन र स्वाथ्यबीमाः खेलकुलमन्त्री चौधरी


२१ श्रावण २०८२, मंगलवार १६:४३ मा प्रकाशित

काठमाडौं । युवा तथा खेलकुलमन्त्री तेजुलाल चौधरीले सरकाले यस वर्षदेखि खेलाडी र प्रशिक्षकहरुको जीवन बीमा र स्वाथ्य बीमा लागू गर्ने बताउनुभएको छ ।


मंगलवार बसेको प्रतिनिधि सभामा सांसहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरी चालु आर्थिक वर्ष २०८२/०८३ बाट उक्त बीमा योजना लागू गर्ने जानकारी दिनुभएको हो । उहाँले खेलाडीहरुको दुर्घटना बीमा र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलार्ई आजीवन मासिक भत्ताको व्यवस्थाकोे शुरुवात गरिएको पनि जानकारी दिनुभयो ।

खेलकुदको दौरानमा दुर्घटनामा पर्ने खेलाडीको उपचारका लागी खेलाडी दुर्घटना बीमा लागू गरिएको उहाँको भनाई छ । उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी र उनीहरुको सन्ततिलाई अध्ययनको छात्रवृृत्ति वितरण गर्ने योजना रहेको पनि बताउनु भयो । साथैै सरकारले अन्तर्राष्ट्रिय पुरस्कार पाउने खेलाडीलाई फरक—फरक किसिमको पुुरस्कार दिने जानकारी दिनुभयो । 

उहाँले मन्त्रालयमा बजेट अभावको कारण सबै स्थानीय तहमा खेलमैदान निर्माण गर्न नसकिएको बताउनु भयो । उहाँकाअनुसार यसअघि मन्त्रालयमा बहुुबर्षिय योजना नै थिएन । यो वर्षबाट बहुवर्षे योजना परेकोले आगामी दिनमा रंगशाला निर्माणले गति लिने उहाँले बताउनु भयो । 

उहाँले स्थानिय तहमा खेलमैदान निर्माण गर्नको लागी यस वर्ष एक सय स्थानीय तहलाई डिपिआर बनाउन पत्राचार गरिएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here