सरकारले बहुविवाह गर्न दिन खोज्नु, प्रतिगमन होः सांसद शर्मा


२१ श्रावण २०८२, मंगलवार १४:३३ मा प्रकाशित


काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले बहुविवाहलाई कानूनी मान्यता दिनेगरी सरकारले कानूनी प्रवन्ध गर्न लागेकाे भन्दै आपत्ति जनाउनुभएको छ ।


प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताउनुभएको हो । संविधान प्रदत महिला अधिकार र नेपाल पक्षराष्ट्र भएर गरेका अन्तर्राष्ट्रिय सन्धी महासन्धी विपरित सरकारले देवानी संहिता २०७४ को धारा १७५ लाई संशोधन गर्न खोज्नु गलत भएको बताउनु भयो ।

उहाँले बहुविवाहालाई कानूनी मान्यता दिनेगरी कानून मन्त्रालयले गरिरहेको तयारी ठिक नभएको बताउनु भयो । सांसद शर्माले प्रतिगमनलाई आफूहरुले नस्वीकार्ने समेत स्पष्ट पार्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here