सोलर र व्याट्रीले डिमाण्ड पूरा गर्नसक्छ भने विद्युत प्राधिकरण हाइड्रोको पछाडी लाग्न जरुरी छैनः कार्यकारी निर्देशक शाक्य


२१ श्रावण २०८२, मंगलवार १४:३१ मा प्रकाशित


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलार, ब्याट्रीले विद्युत आवश्यकता पूरा गर्नसके विद्युत प्राधिकरण हाइड्रोको पछाडी लाग्न जरुरी नरहेको स्पष्ट पार्नुभएको छ ।


उहाँकाअनुसार राति र दिउँसोको बिजुलीको डिमाण्ड सोलर ब्याट्रिले धान्नसक्ने स्थिति भयो भने धेरै खर्च गरेर हाइड्रो बनाइरहनुपर्ने बाध्यता हट्नेछ । अहिले उद्योगहरुमा विद्युतको खपत त्यति नरहेको शाक्यले बताउनु भयो ।

सोलर, ब्याट्रिले साँझ, बिहानको विद्युतको आवश्यकता पूरा गर्न सके जलविद्युत नै भनिरहनुपर्ने अवस्था नरहने उहाँको भनाइ छ । यो ठूला जलविद्युतका हकमा रहेको उहाँले बताउनु भयो । राजधानीमा आयोजित एक कार्यक्रमललाई सम्बोधन गर्दै शाक्यले सिंचाई हुने ठाउँहरुमा चोरीको समस्या देखिएको बताउनु भयो ।

उहाँकाअनुसार त्यहाँ सोलर र पम्प राखेर मिटर जडान गर्नुपर्छ । त्यसपछि त्यहाँ चोरी हुने सम्भावना कम हुँदै जानेछ । छिमेकी भारतको अनुभवले पनि त्यही देखाएकोे छ । तराई, पहाडतिर सिंचाईमा सोलर जोडिनुपर्छ । 


प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले देशभरका धेरै पालिकाहरुका सडक पोलमा विद्युत प्राधिकरणले बत्ति राख्दिने गरेतापनि पालिकाहरुले धेरै वर्षसम्म पनि विद्युत वक्यौता नतिर्ने गरेको बताउनु भयो । उहाँकाअनुसार बजेटमा नगरहरुले वक्यौता व्यवस्था गर्ने गरेका छैनन् ।

अब पालिकाहरुले सोलर बत्ती जडान गरेर बिजुली उत्पादन गर्नुपर्छ । त्यो बिजुलीलाई प्राधिकरणले खरिद गरिदिने शाक्यले बताउनु भयो । प्रशारण लाइका नजिक सोलर राख्ने र प्रशारण लाइनभित्र परेका जग्गाहरुको सदुपयोग गर्ने गरी प्राधिकरण लागिरहेको बताउँदै उहाँले पाइलट पोजेक्टका रुपमा खिम्तिमा शुरु भइसकेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here