चीनद्वारा लङ मार्च–१२ वाहक रकेट प्रक्षेपण


२१ श्रावण २०८२, मंगलवार १०:३६ मा प्रकाशित

चीनले सोमवार लङ मार्च–१२ वाहक रकेट प्रक्षेपण गरेको छ । जसले इन्टरनेट उपग्रहहरूको समूहलाई अन्तरिक्षमा पठाएको हो । रकेट साँझ ६ः२१ बजे दक्षिणी टापु प्रान्त हेनानमा रहेको हेनान व्यावसायिक अन्तरिक्षयान प्रक्षेपण स्थलबाट उडान भरेको थियो ।

यसले कम–कक्षीय इन्टरनेट उपग्रहहरूको सातौं समूह, पेलोडहरूलाई सफलतापूर्वक पूर्वनिर्धारित कक्षमा राखेको छ । प्रक्षेपण स्थलकाअनुसार यो प्रक्षेपण लङ मार्च श्रृंखला वाहक रकेटहरूको ५८७ औं अभियान थियो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here