काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा कानूनी मान्यता दिने मस्यौदा लेखेको भन्दै आपत्ति जनाउनु भएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद राईले आपत्ति जनाउनुभएको हो । सरकारले हालै विषेश परिस्थितिमा बहुविवाह गर्न दिनेगरी कानूनी मस्यौदा तयार गरेको भन्दै समाचार बाहिरिएका थिए । विधेयकको मस्यौदामा विवाहित पुरुषलाई दोस्रो विवाह गर्न अनुमति दिने लगायत व्यवस्था राखिएको छ ।
सरकारले लैंगिक असमानता र महिला हिंसालाई प्रोत्साहन दिनगेरी कानून निर्माण गर्न लागेको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ । सांसद राईले बहुविवाह गर्न पाउने कानून आए महिला हिंसा बढ्ने र पुरुषहरु छाडा हुँदै जाने भन्दै उक्त मस्यौदा खारेज गर्न आग्रह गर्नुभयो ।
उहाँले उक्त विधेयक मस्यौदाको निन्दा समेत गर्नुभयो ।






