देश र जनताको हितका लागि राप्रपाको मैतीदेवीदेखि पशुपतिसम्म पदयात्रा


२० श्रावण २०८२, सोमबार १५:१५ मा प्रकाशित


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले साउनको सोमवार पदयात्रा गरेको छ ।


सोमवार मैतीदेवि मन्दिरदेखि पशुपतिनाथसम्म पदयात्रा गरेको हो । जनता र देशको भलोको लागि आफूहरुले पैदल यात्रा गरेको राप्रपा सांसद दीपकबहादुर सिंहले बताउनु भयो । उहाँले राप्रपामा अलिअलि समस्या रहे पनि अवस्था र व्यवस्था पल्टाउन आफूहरु सबै लागेको बताउनु भयो ।

यसमा कोही पनि विचलित नहुने उहाँको भनाइ छ । अहिलेका नेताहरुले जताततै व्रह्मलुट गरेको बताउनु भयो । उहाँले गणतन्त्र जनताले नल्याएको बताउनु भयो ।


किसानले बाली लगाइसकेपछि निर्णायक आन्दोलनमा राप्रपा होमिने बताउनु भयो । जनताको मुक्ति र भ्रष्टाचारीहरुलाई तह लगाउन आफूहरुले आन्दोलन गर्न लागेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here