बिर्तामोड। झापाको बिर्तामोडमा कालिञ्चोक मेनपावर सञ्चालनमा आएको छ। बिर्तामोडको पश्चिम बसस्टेण्डमा आइतबारबाट कालिञ्चोक मेनपावरको शाखा सञ्चालनमा आएको हो ।
युवा मेनपावर व्यवसायी कृष्ण खतिवडा, सविन कटुवाल, राजु पोखरेल, हेम मोक्तानले शाखा सञ्चालनमा ल्याएका हुन्।
वैदेशिक रोजगार व्यवसायी संघ झापाका कोषाध्यक्ष समेत रहेका कृष्ण खतिवडाले सिप सिकाएर सुरक्षित तरिकाले युवालाई वैदेशिक रोजगारमा पठाउन बिर्तामोडमा कालिञ्चोक मेनपावरको शाखा सञ्चालनमा ल्याएको बताए।
विगत लामो समयदेखी मेनपावर व्यवसायीको रूपमा परिचित खतिवडाले आफूहरूले सुरक्षित र भरपर्दो तरिकाले सर्वसुलभ दरमा युवालाई वैदेशिक रोजगारमा पठाउने गरेको बताए।
कालिञ्चोक मेनपावरका सहायक निर्देशक स्वेच्छिक कार्कीले विगत २४ बर्षदेखी काठमाडौंको धुम्बाराहीमा केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको बताउँदै झापाको बिर्तामोडमा पहिलो पटक शाखा सञ्चालनमा ल्याएको बताए।
वैदेशिक रोजगारका लागी जापान, युरोप, मलेसिया र खाडीमुलुकका बिभिन्न देशहरूमा सीप सिकाएर पठाउने गरेको उनको भनाइ छ। हालसम्म २० हजारभन्दा व्यक्तिहरूलाई सुरक्षित तरिकाले वैदेशिक रोजगारका लागी पठाएको उनले बताए।
यसैबीच कालिञ्चोक मेनपावरको शाखा उद्घाटन गरिएको छ। कालिञ्चोक मेनपावरका सहायक निर्देशक स्वेच्छिक कार्कीले उद्घाटन गरेका थिए।
कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष राजन शिलवाल, महासचिव नीरकुमार खत्री निरन, सचिव राजेन्द्र पौडेललगायतले शुभकामना दिएका थिए।






