काठमाडौं । जनता प्रगतिशिल पार्टी (नेपाल) का अध्यक्ष हृदयेश त्रिपाठीले देश चरम निराशाको अवस्थामा पुगेको बताउनुभएको छ ।
आईतवार मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्र बिग्रिँदो अवस्थामा रहेको र तराई मधेसमा खडेरी र सुख्खाको अवस्था रहेको बताउनु भयो । अहिलेको भूमि विधेयक पारित भए मधेस सकिने उहाँको दाबी छ । चुरेको जति दोहन हुन्छ त्यति नै मधेस सकिने उहाँको भनाइ छ ।
उहाँले सरकारी कर्मचारीहरुले सुख्खाको मूल कारणमा नगइ नक्कली कारण खोजिरहेको बताउनु भयो ।






