त्रिपुरारि समुहको आयोजनामा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न


१७ श्रावण २०८२, शुक्रबार १९:०६ मा प्रकाशित

झापा । निरन्तर सेवामा समर्पित भन्ने मुल नाराका साथ आज त्रिपुरारि समुहको आयोजनामा बाह्रदशी गा.पा.वार्ड नं.३ श्री पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा समुहका ज्येष्ठ सदस्य नवीन भट्टराईले अध्यक्षता ग्रहण गर्नु भएको थियो भने बाह्रदशी गा.पा.वार्ड नं.३ का वडाध्यक्ष श्री टंक प्र.शाहले प्रमुख अतिथि बन्नु भएको थियो । सोहि कार्यक्रममा विद्यालयका प्रधानाध्यापक थिरकुमार दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल राजवंशी, सदस्य युवराज राजवंशी, विद्यालयका सह प्र.अ.गुणनिधी लुइँटेल, राजगढ प्रहरी प्रमुख सरोज रेग्मी, प्रहरी जवान अशोक ताजपुरिया, बाह्रदशी सामुदायिक क्याम्पस प्रमुख भेषराज बुढाथोकी, सहायक क्याम्पस प्रमुख तेज प्रकाश पौडेल, श्री पाथीभरा कालिका सामुदायिक वनका सह सचिव भरत ढकाल लगायतको उपस्थिीति थियो ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै समुहका सदस्य रोसन भट्टराईले मानव जातीमा बोट बिरुवाहरुको धेरै ठुलो महत्व रहेकाले बोट बिरुवा रोपेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक वडाध्यक्षले शुभकामना राख्नु भएको थियो ।

सयौंको संख्यामा फूल फूल्ने बुट्यान प्रजातीका जकाराण्डा गुल्मोर कल्की जस्ता बिरुवा रोपीएको थियो । कार्यक्रमको सहजिकरण समुहका सदस्य आचार्य अर्जुन भट्टराईले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here