काठमाडौं उपत्यकामा लागुऔषध विरुद्धको घर अभियान शुरु


१७ श्रावण २०८२, शुक्रबार १८:४७ मा प्रकाशित


काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले काठमाडौं उपत्यकामा लागुऔषध विरुद्धको घर अभियान शुरु भएको बताउनुभएको छ ।


शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही समय पहिला शुरु गरेको लागुऔषधविरुद्धको महाअभियान महत्वपूर्ण सावित भइरहेको बताउनु भयो ।

उहाँले काठमाडौं उपत्यकामा ललितपुर महानगरपालिकाबाट लागुऔषधविरुद्धको घर अभियान शुरु भएको जानकारी दिनुभयो । यसले घर, समाज र देशलाई नै सुरक्षित बनाउने जिकिर गर्नुभयो । यसको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्य जरुरी रहेको बताउनु भयो ।


महानिरीक्षक थापाले लागुऔषधविरुद्धको महाअभियान लागुऔषध नियन्त्रणका लागि महत्वपूर्ण सावित भएको बताउनु भयो । यसलाई अझै प्रभावकारी बनाउन थप योजना र रणनीति बनाउन जरुरी रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here