काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासशिल राष्ट्रमा स्तरोन्नति हुनु “समृद्ध नेपाल र सुखी नेपाली” को सफल कार्यान्वयनको नतिजाको शुरुवात बिन्दु भएको बताउनुभएको छ ।
राष्ट्रिय सभामा बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन विगत लामो समयदेखि प्रयत्नरत रहेको बताउनु भयो ।
उहाँले ४५ देशका समूहको नेतृत्व गरेको नेपाल ७ मुलुकसँगै अर्को वर्ष स्तरोन्नति हुने जानकारी दिनुभयो । नेपाल आत्मनिर्भर हुने दिशातर्फ अघि बढेको संकेत भएको बताउनु भयो । अब नेपालको सूचांक बलियो बन्ने र लगानीको लागि थप वातावरण तयार हुने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले नेपाललाई द्विपक्षीय बहुपक्षीय सहकार्यबाट पनि अन्तर्राष्ट्रिय सहयोग जुटाउन, लगानी वृद्धि गर्न र ऋण लिन पनि सहयोग पुग्ने गरी अवसर जुटेको बताउनु भयो ।






