काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेताको टाउकोमा थुपार्ने काम नगर्न आग्रह गर्नुभएको छ ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले नेपाली काँग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री हुँदा उदारीकरणको नीति लिनुभएको र त्यसबापत् धेरै गाली खानुपरेको स्मरण गर्नुभयो ।
उहाँले व्यापार गर्ने, उद्योग खोल्ने काम सरकारको नभएको र त्यसका लागि सहयोग गर्न भने सरकार सदैव तयार रहेको बताउनु भयो । व्यापारी, उद्योगीहरु मेहनत नगर्ने अनि सबै दोष नेतामाथि खन्याउने काम बन्द गर्न आग्रह गर्नुभयो ।
सभापति देउवाले व्यापार र उद्योग सञ्चालन सरकारले नगर्ने पनि बताउनु भयो । आफूले गर्न नसकेको कामको दोष सरकारलाई लगाउनु नहुने पनि बताउनु भयो ।






