भक्तपुरको सुडालमा १३ औँ नाग पञ्चमी सम्पन्न, २७ फिटको कालीनागको विशेष पूजा


१४ श्रावण २०८२, मंगलवार १८:४४ मा प्रकाशित


काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालमा मंगलवार १३ औँ नाग पञ्चमी उत्सव भव्य रूपमा मनाइएको छ ।


पर्वको अवसरमा २७ फिट लामो कालीनागको विशेष रुद्री पूजा गर्दै धार्मिक उत्सव सम्पन्न गरिएको हो । सुडाल १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहितको कल्पेश्वर मन्दिर निर्माणस्थल समेत हो ।

उक्त कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान १०८ फिट अग्लो कल्पेश्वर महादेव मन्दिर निर्माणलाई तिब्रता दिन तीनै तहका सरकारले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । मन्दिर निर्माणका लागि समय र धेरै खर्च लागेपनि मन्दिर निर्माण गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले हाल देखिएको खडेरीको समस्यालाई पनि गम्भीर रूपमा लिनु जरुरी रहेको उल्लेख गर्दै सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here