नेपाली महिला खेलाडीसँग प्रधानमन्त्रीले भन्नुभयोः आजको खेल जित्नैपर्छ


२१ असार २०८२, शनिबार १७:२४ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उज्वेकिस्तानविरुद्धको खेल नेपालले जित्नैपर्ने बताउनुभएको छ ।


शनिवार  ‘एएफसी महिला एशियन कप छनोट’ मा उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्नुअघि भर्चुअल माध्यमबाट कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जितको शुभकामना दिनुभएको हो । उहाँले आजको खेल नेपालले जित्नैपर्ने र नेपाली महिला खेलाडीहरुको मनोबल र मानसिकता पनि जित्नै किसिमको नै रहेको बताउनु भयो ।

महिला फुटबलरहरुले नेपालको खेल क्षेत्रको गौरव बढाएको र नेपालको प्रतिष्ठा र परिचय वृद्धि गर्नुभएको बताउनु भयो । 

प्रधानमन्त्री ओलीले नेपाल सरकार खेलकुदको क्षेत्रलाई अघि बढाउने पक्षमा रहेको बताउनु भयो । आजको खेलले नेपाललाई नयाँ सिँढीमा उठाउने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here