सकारात्मक सोचका साथ अघि बढौँ, सबै सम्भव छः मन्त्री चौधरी


२१ असार २०८२, शनिबार १७:३४ मा प्रकाशित


काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्नुभएको छ ।


शनिवार काठमाडौंमा स्व. गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पञ्चायती र राणा शासन भन्दा अहिले धेरै कुरामा परिवर्तन आएको दाबी गर्नुभयो ।

शिक्षा, स्वास्थ्य, बैंकिङ क्षेत्र, दूरसञ्चार हरेक क्षेत्रमा नेपाल अघि बढेको बताउनु भयो । सकारात्मक सोच राख्दा हरेक क्षेत्रमा परिवर्तन गर्न सकिने बताउनु भयो । सकारात्मक सोचले सामाजिक, राजनीतिक, आर्थिक परिवर्तन हुने बताउनु भयो । 

मन्त्री चौधरीले नेपालमा क्रान्ति र शान्ति ल्याउन गिरिजाप्रसाद कोईरालाको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here