०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएका छौँः अध्यक्ष दाहाल


२१ असार २०८२, शनिबार १६:२८ मा प्रकाशित


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएको बताउनुभएको छ ।


शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा नेकपा (माओवादी केन्द्र) पर्सा—काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ०८४ बाट देशलाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा प्रवेश गराउने दाबी गर्नुभयो ।

महिला, उत्पीडित, आदिवासी, जनजाति सबैको निम्ति क्रान्तिको झण्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठूलो भुमिका संगीतले खेलेको बताउनु भयो । उहाँले जनयुद्धताका भाषण, दर्शन, सिद्धान्तको व्याख्याले भन्दा गीत, संगीत र नृत्यहरुले बढी भुमिका खेलेको बताउनु भयो ।

आगामी निर्वाचनको लडाईंमा पनि गीत, संगीतको माध्यमबाट निर्णायक भुमिका खेल्ने बताउनु भयो । अध्यक्ष दाहालले अब पर्सामा पार्टीको विजय यात्रा शुरु भएको दाबी गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here