वडा कार्यालयमा सिलिण्डर बम विस्फोट, सम्पूर्ण सामनमा क्षति


१८ श्रावण २०७६, शनिबार १३:१६ मा प्रकाशित

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ३ को कार्यालयमा सिलिण्डर बम विस्फोट भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार गएराति वडा कार्यालयभित्र बम विस्फोट भएको हो । बम कस्ले र किन विस्फोट गरायो भन्नेबारे पु्ष्टी भइसकेको छैन । जिल्ला प्रहरी कार्यालय रामेछापको अनुसार विस्फोटबाट कार्यालयमा रहेको कम्प्युटर, टेबल, फर्नीचरका सामान, कागजात लगायतका सामानहरु पूर्णरुपमा नष्ट भएको छ ।

अज्ञात समुहले रातको समयमा कार्यालयको भवनमा गाडीको पूरानो टायरको बीचमा भरेको सिलिण्डर ग्याँस राखेर आगो लगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । विस्फोटका कारण कार्यालयको भवनमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् ।

सिलिण्डर बम बिस्फोट पछि स्थानीय त्रसित भएका थिए । बम विस्फोट गराउने समूहको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोषकुमार भट्टराईले जनकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here