पांचथरबाट थपियो केन्द्रीय प्रशारण लाइनमा २२ मेगावाट विद्युत


१८ श्रावण २०७६, शनिबार १२:०० मा प्रकाशित

पांचथर । पूर्वी पहाडि जिल्ला पाँचथरबाट २२.३४ मेगावाट विद्युत केन्द्रीय प्रशारण लाइनमा थपिएको छ ।

निर्माण सुरु भएको झण्डै छ वर्षपछि तल्लो हेंवा जलविद्युत आयोजनाको निर्माणकार्य सम्पन्न भएपछि उक्त परिणामको विद्युत केन्द्रीय प्रशारण लाइनमा थपिएको हो । माउन्टेन हाइड्रोपावर कम्पनिले ७० करोड लागतमा हालै आयोजनाको निर्माणकार्य सम्पन्न गरेको हो । उत्पादित विद्युत १३२ केभिए काबेली कोरिडोर विद्युत प्रशारण लाइनको फिदिम–४, थापाटारमा रहेको सवस्टेशनबाट केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो । आयोजनाले साउन ४ गतेबाट परिक्षण उत्पादन सुरु गरेको हो ।

परिक्षण सुरु गरिएको १५ दिनपछि विद्युत बिक्री गर्न थालिने आयोजना प्रमुख गणेश सुब्बाले बताए । आयोजनाबाट प्रतिदिन ७० हजार युनिट विद्युत उत्पादन हुने र २२ लाख रुपैंयाँसम्म आम्दानी हुने बताइएको छ । आयोजनाको पावर हाउस फिदिम–४ सारान्तामा रहेको छ । आयोजनामा १२ वटा वाणिज्य बैंकको ७० प्रतिशत लगानि रहेको छ ।

निर्माण अवधिमा आएका विभिन्न समस्याका कारण निर्धारित समयभन्दा एक बर्षभन्दा बढी समयमा मात्र आयोजना सम्पन्न गर्न सकिएको आयोजनाका निर्देशक दीपेन्द्र आङ्बोले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here