सिटीइभीटी छात्रवृत्तिका ४ परिक्षार्थी पक्राउ


१८ श्रावण २०७६, शनिबार १३:१९ मा प्रकाशित

जनकपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभीटी) ले सञ्चालन गरेको वर्गीकृत छात्रवृत्ति परीक्षामा सहभागी भएका ३ छात्रा सहित ४ जना पक्राउ परेका छन् ।

परीक्षा नियमविपरित मोवाइल प्रयोग गरेको अनुगमनकर्ताले देखेपछि उनीहरुलाई पक्राउ गरी परीक्षाबाट निष्कासन गरिएको जनाइएको हो । जनकपुरस्थित सकल भवन कन्या माध्यमिक विद्यालय केन्द्रमा परीक्षा मर्यादा विपरित कार्य गरेको भन्दै सिरहाकी रिंकी यादव, धनुषाकी रुबीकुमारी यादव, रौतहटकी सम्झना साह र सप्तरीका रामानन्द यादवलाई पक्राउ गरिएको प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जनाए ।

परीक्षाको क्रममा मोबाइल फोन प्रयोग गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरी परीक्षाबाट निष्कासन गरिएको प्रहरी नायब उपरिक्षक कार्कीले बताए । उनका अनुसार पक्राउ परेका ४ जना परिक्षार्थीसँग थप अनुसन्धान भइरहेको छ ।

सिटीइभीटी अन्तर्गत नर्सिंग, हेल्थ एसिसेन्ट, ओभरसियर, ल्याब टेक्निसियन र डेन्टल लगायतका संकायमा प्रवेश परीक्षाको लागि जनकपुरमा चार स्थानमा परीक्षा केन्द्र कायम गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here