लागुऔषधसहित दुई जना पक्राउ


१० जेष्ठ २०८२, शुक्रबार १०:४३ मा प्रकाशित
drug case prisoner with narcotic and syringe

झापा । झापाको झापा गाउँपालिकाबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार राति झापा–४ सुकुम्बासी स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी गस्ति टोलीले शिवसताक्षी–४ का २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुबेरकुमार ताजपुरिया पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ साइकलमा आउदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्ने क्रममा अनुरोध ताजपुरियाले लागाएको ट्रयाक सुटको दाहिने साइडको फेरमा लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिकसहित १ ग्राम १७० मिलिग्राम र प्लाष्टिक बाहेक ८०० मिलिग्राम फेला पारेको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here