सुनको भाउ तोलामा ५ हजारले बढ्यो


८ जेष्ठ २०८२, बुधबार १०:५१ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ उच्च मूल्यले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेको हो । सुन आज तोलाको १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मङ्गलबार सुन तोलाको १ लाख ८४ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here