झापाको मेचीनगरमा पहिलो पटक ‘अन्तर जेसीज बोट रेस’ प्रतियोगिता हुने


१६ श्रावण २०७६, बिहीबार १७:३५ मा प्रकाशित

मेचीनगर । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेसँगै यसलाई सफल रुपमा सम्पन्न गर्न झापाको मेचीनगरमा पहिलो पटक ‘अन्तर जेसीज बोट रेस’ प्रतियोगिता हुने भएको छ ।

यसलाई आयोजकले १ नम्बर प्रदेशकै पहिलो प्रतियोगिता भएको दावी गरेको छ । आयोजक धुलावारी जेसीजले विहीबार धुलावारीमा पत्रकार सम्मेलन गरी शनिबार हुने प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा जेसीजका अध्यक्ष केशवप्रसाद पोखरेलले सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० लाई प्रवद्धन गर्न नेपाल जेसीजले समेत सबै शाखाहरुलाई आव्हान गरेको हुँदा सोहि अनुसार झापाको मेचीनगर— ११ स्थित कालिका सामुदायिक बन क्षेत्रमा रहेको कालिका सिमसारमा ‘अन्तर जेसीज बोट रेस’प्रतियोगिता गर्न लागिएको जानकारी दिए । उनले झापा जिल्ला पर्यटकीय दृष्टिकोणले अत्यन्त सम्भावना बोकेको जिल्ला त्यसमा पनि मेचीनगरमा विभिन्न पर्यटकीय गन्तव्य क्षेत्र रहेको पनि ती गन्तव्यहरुको प्रचार प्रसार होस भन्ने हेतुले यो प्रतियोगिताको तयारी गरिएको बताए ।

प्रतियोगितामा झापाका १४ वटा जेसीज शाखाहरुका १ सय बढी सदस्यहरुसहित सामुदायिक वनका उपभोक्ता र स्थानीयहरुको सहभागिता हुने जेसीजका कोषाध्यक्ष सागर खनालले जानकारी दिए । प्रत्येक शाखाबाट ४ जना सदस्यप्रतियोगिको रुपमा सहभागी हुने छन् । प्रतियोगितामा प्रथम दोस्रो तथा तेस्रो हुनेले पुरस्कार प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन सम्भवतः १ नम्बर प्रदेशका पर्यटन मन्त्री जगदिशप्रसाद कुसियतले गर्ने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here