झापामा पहिलो पटक सौर्य उर्जाबाट खानेपानी योजना


१६ श्रावण २०७६, बिहीबार १७:२७ मा प्रकाशित

झापा । झापामा पहिलो पटक सौर्य उर्जाबाट खानेपानी योजना संचालन गरिएको छ ।

गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिले प्रदेश सरकारको १ करोड बजेटमा ४५ किलो वाट क्षमताको सोलार उर्जाबाट खानेपानी संचालन गर्न थालिएको हो । विद्युतबाट संचालन गरिंदै आएको गौरादह खानेपानी सौर्य उर्जाबाट संचालन गर्न थाले पछि पानी विस्तार क्षमता समेत बढेको छ । सौर्य उर्जाका कारण अरु थप ५ हजार घरधुरीमा धारा विस्तार गर्ने योजना रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष बाबुराम भण्डारीले बताए ।

प्रदेश सरकार १ नम्बर अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको ९६ लाख ४६ लाख रुपयाँ बजेटमा निर्माण गरिएको सौर्य उर्जाले विधुत अवरोध हुँदा खानेपानी बन्द हुने समस्या समेत हटेको खानेपानी उपभोक्ताले बताएका छन् । यस अघि २ हजार ३ सय ५४ घरधुरीले खानेपानी प्रयोग गर्दा न्यूनतम मासिक १ सय ३० रुपयाँ महशुल बुझाउँदै आएका थिए । सौर्य उजाले गर्दा विधुत महशुल घट्ने भए पछि उपभोक्ताहरुको मासिक ७० हजार रकम बचत हुने भएको खानेपानी उपभोक्ता समितिका सचीव डण्डिराज घिमिरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here