अपाङता भएका एकदर्जन बढी ब्यक्तीलाई साहायक सामाग्री वितरण


१६ श्रावण २०७६, बिहीबार १७:४३ मा प्रकाशित

विराटनगर । अपाङता भएका एकदर्जन बढी ब्यक्तीलाई विराटनगरमा साहायक सामाग्री वितरण गरिएको छ ।

केदारमल तोदी निजी ट्रस्टको आर्थिक र सिबिआर विराटनगरको प्राबिधिक सहयोगमा प्रदेश १ र २ का १३ जनालाई साहायक सामाग्रि वितरण गरिएको हो । समुदायमा आधारित पुर्नस्थापना केन्द्र (सिबिआर) भवनमा आयोजित कार्यक्रमकाबीच जिल्ला समन्वय समितिका उप्रमुख प्रकाशकुमार साह, केदारमल ट्रस्टका संचालक केदारमल तोदी र सिबिआर विराटनगरकी अध्यक्ष स्नेह पोखरेल लगायतले साहायक सामाग्री हस्तान्तरण गरे ।

कार्यक्रममा विराटनगरका अमनकुमार मण्डल, केराबारीकी पेमा गुरुङ, कटहरीकी काब्या दाहाल, मिक्लाजुङकी काब्या भट्टराई, सप्तरीका विरेन्द्रकुमार यादव र जहदाका झमेली मुखिया लगायतलाई उनीहरुको आवश्यकता अनुसार निर्माण गरिएको साहायक सामाग्रि निःशुल्क रुपमा उपलब्ध गराइएको थियो ।

केदारमल तोदी ट्रस्टको पौने दुई लाख बढी आर्थिक सहयोगबाट अपाङता भएका ब्यक्तिहरुलाई साहायक सामाग्री उपलब्ध गराइएको सिबिआर विराटनगरकी प्रबन्धक रंजना दाहालले जानकारी दिए । केदारमल तोदी निजी ट्रस्टले प्रतिमहिना एकलाखका दरले एकबर्षसम्म साहायक सामाग्रि उपलब्ध गराउने प्रतिबद्धता अनुसार दोश्रो किस्तास्वरुप साहायक सामाग्री वितरण गरिएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here