चितवन । चितवनको भरतपुर महानगरपालिका–२१ का स्थानीय बासिन्दाले सुख्खा खेतमै रोपाइँ गरेका छन् ।
साउन महीना, जताततै बाढीले क्षति पुर्याएको खबरहरु आइरहेपनि यहाँका किसानहरू भने सुख्खा खेतमै रोपाइँ गर्न ब्यस्त छन् । नहरबाट पर्याप्त मात्रामा पानी नआएपछि सुक्खा खेतमै रोपाइँ गर्न बाध्य भएको स्थानीय किसान नन्दलाल ढकालले गुनासो गरेका छन् । उनले सिमसिमे पानी नपर्दा बीउ मर्ने सम्भाव बीउ मर्यो भने खेत बाँझै हुन्छ की भन्ने डर पनि केही दिनअघि सुक्खा खेतमै गर्नुपरेको बताए ।
नारायणी लिफ्ट सिँचाइअन्तर्गतको खगेरी पानीले रोपाइँ गर्दै आएका किसानलाई पर्याप्त मात्रामा पानी नपठाउँदा यही खेतमा धान रोप्न बाध्य भएका हुन् । पानीको मात्रा घट्दै गएकाले अहिले चितवनका अधिकांश खेतमा पानीको नहुँदानहुँदै रोपाइँ चलिरहेको छ । पूर्वी चितवनको रत्ननगर टिकौलीमा रहेको नहरले भरतपुर महानगरपालिकाभित्र पर्ने चितवनको पार्वतीपुर, गीतानगर, पटिहानी, जगतपुर, मङ्गलपुर, गुञ्जनगर र शारदानगरसम्म हुन्छ । मध्यबर्खामा समेत सो नहरमा खडेरी हुन थालेपछि पश्चिम क्षेत्रका अहिले सुक्खा खेतमा रोपाइँ गर्न बाध्य भएक पश्चिम चितवनको छ हजार बिघा खेतलाई गर्ने नहरमा पानी नहुँदा रोपाइँ नै प्रभावित छ ।
दुई मिटर पानी हुनुपर्ने नहरमा अहिले सेन्टिमिटर मात्रै पानी रहेकाले यो आएको हो ।





