बिर्तामोड । झापाको बिर्तामोडका महिला उद्यमीहरू आबद्ध रहेको अपार फाउन्डेसनले बोनम्यारो रोगबाट पीडित बालकलाई आर्थिक सहयोग गरेको छ ।
बिर्तामोड आयोजित फाउन्डेसनको मातृसंस्था अपार एन्भेसमेन्ट प्रालिले आयोजना गरेको हुन्डाई मिट एण्ड ग्रिट कार्यक्रममा बिर्तामोड–५ का ३ वर्षीय बालक उज्जवल ठाकुरलाई २१ हजार रुपैयाँ नगद सहयोग गरेको प्रदान गरिएको हो ।
अपार फाउन्डेसनका अध्यक्ष विष्णु मैनाली उप्रेतीसहित कार्यसमितिका महिलाहरूले संयुक्त रुपमा उक्त रकम उज्जवल र उनको परिवारलाई हस्तान्तरण गरेका थिए ।
सन् २०२० मा स्थापित अपार फाउन्डेसनले सामाजिक उत्तरदायित्वसँग सम्बन्धित रहेर सामाजिक सेवाका कार्यहरु गर्दै आइरहेको छ ।