सुकुम्वासी, गरिब र निमुखा विरोधी पार्टी अहिले सरकारमा छः राजेन्द्र पाण्डे


१६ जेष्ठ २०८३, शनिबार १८:२८ मा प्रकाशित

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डले सुकुम्वासी, गरिब र निमुखाको विरोधी पार्टी अहिले सरकारमा रहेको आरोप लगाउनुभएको छ । 


शनिवार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संगठन एकता राष्ट्रिय भेलामा उहाँले वर्तमान सरकार गरिब, सुकुम्बासी तथा निमुखा वर्गको विरुद्धमा भएको आरोप लगाउनुभएको हो ।

उहाँले वर्तमान सरकार नै षड्यन्त्रको परिणामबाट बनेको दाबी गर्नुभयो । उहाँले २०८२ साल भदौ २३–२४ गते भएको जेन–जी आन्दोलन योजनावद्ध षड्यन्त्रको परिणाम भएको दाबी गर्दै कम्युनिष्ट शक्तिहरूलाई पुनः संघर्षका लागि तयार हुन आह्वान समेत गर्नुभयो ।

उहाँले सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, प्रहरी कार्यालय तथा विभिन्न राजनीतिक नेताहरूका घरहरूमा आगजनी गरेर विनाकारण निर्वाचित संसदलाई विघटन गरिएको आरोप लगाउनु भयो ।

निर्वाचित संसदलाई विघटन गरेर कुनै सिद्धान्त, विचार, कार्यक्रम र लक्ष्य नभएको शक्तिलाई सत्तामा पु¥याउने काम भएको उहाँको भनाई छ । उहाँले पार्टी कार्यकर्ताहरूलाई विगतको आत्मसमीक्षा गर्दै पुनः संगठित हुन आग्रह गर्नुभयो ।

उहाँले पार्टी एकता केन्द्रिय तहका नेताहरुका बीचमा भएपनि तल्लो तहका कार्यकर्ताबीच हुन नसकेको दाबी गर्नुभयो । उहाँले पूर्वमाओवादी र पूर्वएकीकककृत समाजबादीको विचारबाट माथी उठ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here