काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शिक्षकका मागहरु पूरा गर्न सरकारलाई दबाब दिन जरुरी रहेको बताउनुभएको छ ।
आईतवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले आफूहरु प्रतिपक्षमा रहेको र शिक्षकका मागहरु पूरा गराउन कसरी आवाज उठाउन सकिन्छ भन्ने योजनाका लागि छलफल गर्ने सोच बनाइरहेको बताउनु भयो ।
उहाँले सरकारलाई शिक्षकका माग पूरा गर्न दबाब दिन जरुरी रहेको उल्लेख गर्नुभयो । सरकारले शिक्षकका माग पूरा गर्न आवश्यक ध्यान नदिएको उहाँको आरोप छ ।
अध्यक्ष नेपालले शिक्षकको ठूलो आवाजलाई समेत सरकारले सकारात्मक रुपमा लिएर समाधानका लागि अग्रसरता नदेखाएको बताउनु भयो ।