अफगानिस्तानले गत वर्ष ३७ देशहरूमा १८ मिलियन अमेरिकी डलर बराबरको गलैंचा र कार्पेट निर्यात गरेको छ ।
कार्पेट युनियनका प्रमुख अब्दुल्ला रहमान कुलकाअनुसार गत वर्ष करिब ६ हजार वर्ग मिटर गलैंचा र ४ हजार वर्ग मिटर कार्पेट निर्यात गरिएको थियो । निर्यातको ठूलो हिस्सा संयुक्त राज्य अमेरिका, टर्किए र युरोपेली बजारहरूमा पठाइएको थियो ।
अहिले देश भित्रै कार्पेट प्रशोधन भइरहेको छ । जसले करिव ५० हजार मानिसहरूलाई रोजगारीको अवसर सिर्जना गर्न सक्छ ।
गलैंचा उद्योग अफगानिस्तानको कृषि पछि दोस्रो ठूलो क्षेत्र हो, जसले १.२ मिलियन मानिसहरूलाई, विशेष गरी महिलाहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गर्दछ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।






