चितवन । विद्यालयको सेयर सदस्य बनाइदिन्छु भन्दै करोडौं रुपैयाँ ठगी गर्ने एक जना प्रधानाध्यापक बुधबार खैरहनीबाट पक्राउ परेका छन् ।
खैरहनी नगरपालिका वाड नम्बर ८ मा रहेको ज्ञानसुधा इङ्गलिस स्कुलमा सञ्चालक पदमा हुँदा विद्यालयको सेयर सदस्य बनाइदिन्छु भनी सोही ठाउँमा बस्ने समिता श्रेष्ठ संग १ करोड १३ लाख ९५ हजार रुपैयाँ र रत्नदीप अधिकारीसंग ७ लाख रुपैयाँ ठगी गरेको आरोपमा रत्ननगर नगरपालिका ३ बस्ने बर्ष ४० को नेशनल आवासीय माध्यमिक विद्यालयमा कार्यारत प्रधानाध्यापक राजकुमार दाहाललाई ईलाका प्रहरी कार्यालय खैरहनीको विशेष टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो ।
पीडित समिता केसीको जाहेरीपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दहाललाई बुधबार नै चितवन जिल्ला अदालतबाट ठगी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्यलाई अगाडि बढाईएको समेत प्रहरी निरीक्षक साउदले जानकारी दिए ।





