मोरङ । चार्जमा राखेको मोबाइलमा गेम खेल्दा करेन्ट लागेर मोरङको लेटाङमा एक किशोरको मृत्यु भएको छ ।
बिहीबार राति बिहान लेटाङ नगरपालिका–३ का १५ वर्षीय सौजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । सो वडाको त्रिशुली चोकका राई साथीको घरमा गएका थिए । सुतिरहेको अवस्थामा राति ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्दा उनलाई अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ ।
घटना थाहा हुनासाथ प्रहरी जाँदा उनको मृत्यु भइसकेको थियो । घटनाबारे इलाका प्रहरी कार्यालय लेटाङले अनुसन्धान गरिरहेको छ ।





