अज्ञात समूहद्वारा झापामा फेरि एनसेल टावरमा आगजनीको प्रयास


१६ श्रावण २०७६, बिहीबार ११:४५ मा प्रकाशित

झापा । अज्ञात समूहले झापामा फेरि एनसेल टावरमा आगजनीको प्रयास गरेको छ ।

झापाको अर्जुनधारा नगरपालिका १० स्थित कालिकास्थानमा रहेको एनसेल टावरमा आगजनीको प्रयास भएको प्रहरी कार्यालय झापाले जनाएको छ । टावर बाहिर जुटको बोरामा पेट्रोल छर्किएर आगजनीको प्रयास गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार बुधवार मध्यरात अज्ञात समूहले टावरमा आगजनीको प्रयास गरेका थिए ।

आगजनीले टावर नजिकै भुँइमा बिच्छ्याइएको तारमा केही क्षति पुगेको प्रहरीले जनाएको छ । यसअघि मङ्गलबार राति पनि अज्ञात समूहले भद्रपुर र दमकमा रहेका दुई वटा एनसेलको टावरमा आगजनीको प्रयास गरेको थियो । भद्रपुर नगरपालिका– ३ स्थित गोले चोक र दमक नगरपालिका – १ मामा चोक नजिकै रहेका एनसेलको टावरमा आजगजीको प्रयास भएको थियो । भद्रपुरको टावर बाहिर आगो लगाउने प्रयास भएको थियो, भने दमकमा सानो कुकर बम विष्पोट गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here