आन्दोलन निरन्तर चल्छः अध्यक्ष लिङदेन


७ बैशाख २०८२, आईतवार १९:१० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलन निरन्तर जारी रहने बताउनुभएको छ ।


आईतबार सिंहदरबारमा सांकेतिक प्रदर्शनका क्रममा पक्राउ परेपछि रिहाइ भएलगतै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आन्दोलन जारी रहने बताउनुभएको हो । उहाँले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका नेताहरु रिहा नभएसम्म पार्टीले निरन्तर आन्दोलन गर्ने बताउनु भयो ।

आईतवार सिंहदरबारभित्र सांकेतिक रुपमा प्रदर्शन गरेपछि प्रहरीले अध्यक्ष लिङदेनसहत नेता बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाही लगायत सात जनालाई पक्राउ गरेको थियो । उनीहरु सातै जनालाई रिहा गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको थियो । भोलि के गर्नुहुन्छ भन्ने जिज्ञासामा अध्यक्ष लिङदेनले भोलिको कुरा भोलि नै भन्ने बताउनु भयो । 

अध्यक्षसहित नेताहरुले सिंहदरबार परिसर भित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here