२४ अप्रिलभित्र पाँच लाख आप्रवासीलाई अमेरिका छाड्न ट्रम्प प्रशासनको निर्देशन


८ चैत्र २०८१, शनिबार ११:१६ मा प्रकाशित

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अस्थायी कानुनी वैधता भएका पाँच लाख भन्दा बढी आप्रवासी अब अवैध हुने भन्दै देश छोड्न निर्देशन दिएको छ ।

सङ्घीय सरकारले २४ अप्रिलमा उनीहरू अवैध हुने भन्दै त्यस अघि नै अमेरिका छाड्न सूचना जारी गरेको छ। यस अघि बाइडेन प्रशासनले सिएचएनभी कार्यक्रमको रूपमा प्रायोजन गर्दै ५ लाख ५३ हजार आप्रवासीलाई अमेरिका ल्याएको थियो। सन् २०२२ मा बाइडेनले भेनेजुएलाका नागरिकबाट यो कार्यक्रम सुरु गरेका थिए। त्यसपछि अन्य देशमा पनि यो कार्यक्रम सरेको थियो।

बाइडेनको कार्यक्रमले अमेरिकीको अवसर गुमेको भन्दै शुक्रबार नयाँ सूचना जारी गरिएको छ । 

यो निर्णयले क्युबा, हाइटी, निकारागुवा र भेनेजुएला साथै रुस र युक्रेन युद्धको कारण अमेरिका पुगेका दुई लाख ४० हजार युक्रेनीको अस्थायी कानुनी मान्यता भङ्ग गर्ने योजनामा पनि ट्रम्प प्रशासन रहेको जनाइएको छ। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here