नेपाल निर्माण व्यवसायी महासंघ र चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसनबीच सम्झौता


७ चैत्र २०८१, शुक्रबार १५:१९ मा प्रकाशित



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस  एशोसिएसनबीच सम्झौता भएको छ ।


शुक्रवार काठमाडौंमा भएको सम्झौतामा नेपाल निर्माण व्यवसायी महासंघ (फक्यान) को तर्फबाट अध्यक्ष रवि सिंहले हस्ताक्षर गर्नुभयो भने चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसन (चिनका) को तर्फबाट फाङ किउचेनले हस्ताक्षर गर्नुभयो ।

चीन–नेपालबीच सहकार्यको माध्यमबाट नेपालको भौतिक पूर्वाधार क्षेत्रमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले दुईदेशबीच एमओयु भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले बताउनु भयो ।


चाइना इन्टरनेशनल कन्ट्रयाक्र्टस एशोसिएसन (चिनका) को तर्फबाट फाङ किउचेनले एमओयूले दुई देशबीच सहकार्य स्थापना गर्नबाटो खुलेको बताउनु भयो । उहाँले भन्नुभयो– ‘भौतिक पूर्वाधार क्षेत्र र सीपयुक्त जनशक्ति सहकार्य सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छौँ । हामीले सहकार्य स्थापना गर्न सफल भएका छौँ ।’


सम्झौताले दुवै देशका व्यवसायिक संस्थाहरूलाई नजिकबाट मिलेर काम गर्ने अवसर दिने उहाँको भनाई छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here