०८४ सम्म प्रधानमन्त्री बन्दिनः अध्यक्ष दाहाल


७ चैत्र २०८१, शुक्रबार १३:०३ मा प्रकाशित


काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको आरोप लगाउनुभएको छ । 


शुक्रवार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताउनु भयो ।

उहाँले अहिलेको सरकार भ्रष्टाचारीहरुलाई जोगाउने र नराम्रो गर्नेलाई पुरुस्कृत गर्ने काम गरिरहेको बताउनु भयो । उहाँले भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहनुभएको आरोप लगाउनु भयो । 


उहाँले २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गर्नुभयो । उहाँले आफू २०८४ सम्म जनताकै साथमा रहने बताउनु भयो । सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्नेकुरा माओवादीमा लागू नहुने बताउनु भयो ।

सरकारमा हुँदा भ्रष्टाचारबिरुद्धको आन्दोलन छेडेको बताउनु भयो । आर्थिक विकासको निम्ति गति दिने कुरामा आफूहरुले सरकारमा हुँदा जोड दिएको बताउनु भयो । आफू नेतृत्वको सरकार भ्रष्टाचारीहरुले हटाएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here