काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालले शिक्षाको क्षेत्रमा छलाङ मारेको भएपनि सन्तोष गर्ने अवस्था नरहेको बताउनुभएको छ ।
बिहीवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षामा छलाङ मार्दा पनि सन्तोष हुन नसक्नुमा देशमै विद्यार्थीलाई खुशीका साथ राख्न नसक्नु रहेको बताउनु भयो । उहाँले सरकारले आफ्ना युवाहरु स्वदेशमै राख्नसक्ने वातावरण सिर्जना गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले आफ्नो देशको समस्या बुझेर काम गर्न जरुरी रहेको बताउनु भयो । अध्ययनसहितको विकास हुन नसकेको प्रति दुःख व्यक्त गर्नुभयो । तराई मरुभूमि हुन लागेको भन्दै त्यसो हुन दिनु नहुने बताउनु भयो । चुरेको संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
प्रथम राष्ट्रपति यादवले आफ्नो देशको बारेमा सबै कुराको जानकारी राख्न जरुरी रहेको बताउनु भयो । देशको समस्या बुझ्न नसक्ने मानिस उत्पादन गर्न जरुरी रहेको बताउनु भयो ।