सुनको मूल्यले बनायो न‍याँ रेकर्ड, पुग्यो तोलाको १ लाख ७६ हजार


५ चैत्र २०८१, बुधबार १२:१० मा प्रकाशित

काठमाडौँ- सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार प्रतितोला रु एक लाख ७५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रु ८०० ले बढेर रु एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ४५ निर्धारण भएको छ । सोही परिमााण्को चाँदी मंगलबार प्रतितोला रु दुई हजार ५०मा कारोबार भएको थियो ।

अन्तरर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here