इजरायलले मंगलवार बिहानबाट गाजा पट्टीमा घातक आक्रमण शुरु गरेको छ । जसबाट ४ सय भन्दा बढीको मृत्यु भएको छ । हमासले अझै पनि एन्क्लेभमा राखिएका बन्धकहरूलाई रिहा नगरेमा आक्रमणहरू तिब्र पार्ने चेतावनी दिएको छ ।
इजरायल र हमास बीच युद्धविरामको अर्को चरणहरूको बारेमा अप्रत्यक्ष वार्ताको बीचमा राति अचानक हवाई आक्रमण शुरु भएको हो । जसमा युद्ध समाप्त गर्ने र बाँकी इजरायली बन्धकहरूलाई रिहा गर्ने समावेश हुनसक्ने बताइएको छ ।
आक्रमणहरूले लगभग दुई महिनाको युद्धविराम तोड्दै १७ महिनाको युद्धलाई पूर्ण रूपमा पुनः शुरु गरेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले आक्रमणबाट मृत्यु हुनेको संख्या कम्तिमा ४०४ पुगेको बताएका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।